श्रीमतीलाई बलात्कार गरेकाे अभियोगमा श्रीमान जेल चलान


२८ आश्विन २०७७, बुधबार

काठमाडौं, २८ असोज । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी रामधुनी १ का आशिष प्याकुरेललाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

श्रीमतीले आशिषमाथि जबरजस्ती करणीको उजुरी हालेपछि महानगरिय प्रहरी वृत सातदोबाटोले यही असोज ९ गते पक्राउ गरेको थियो ।

ललितपुर जिल्ला अदालतमा भएको बन्द इजलासको बहसमा जिल्ला न्यायाधीश शिवबहादुर रानाभाटको एकल इजलासले प्याकुरेललाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७