विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ८० लाख पुग्यो


२८ आश्विन २०७७, बुधबार
korona

वासिङ्टन, २८ असोज । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण तीन करोड ८० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।

जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी हालसम्म तीन करोड ८० लाख ३३ हजार २८७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।

कुल सङ्क्रमितमध्ये दुई करोड ६३ लाख ८८ हजार ६३३ जना सङ्क्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ । सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा अहिलेसम्म ६२ लाख २७ हजार २९५ जना सङ्क्रमणमुक्त भएका छन् ।

अमेरिकामा भने सङ्क्रमितहरुको अवस्था डरलाग्दो छ । सबैभन्दा धेरै सङ्क्रमित रहेको मुलुकमा अमेरिका नै रहेको छ । अमेरिकामा अहिलेसम्म ७८ लाख ५४ हजार ९१७ जना सङ्क्रमित भएका छन् भने अरु दुई लाख १५ हजार ८६१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

धेरै प्रभावित भएकाहरुको सूचीमा भारत र ब्राजिल दोस्रो र तेस्रो क्रममा रहेका छन् । भारतमा अहिलेसम्म ७१ लाख ७५ हजार ८८० जना सङ्क्रमित हुँदासम्म एक लाख नौ हजार ८५६ जनाको मृत्यु भएको छ ।

त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५१ लाख तीन हजार ४०८ जना सङ्क्रमित रहेका छन् भने एक लाख ५० हजार ६८९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । त्यसैगरी चौथो धेरै प्रभावित भएको रुसमा भने अहिलेसम्म १३ लाख १८ हजार ७८३ जना सङ्क्रमित भएका छन् । रुसमा कोरोनाका कारण २२ हजार ८३४ जनाको ज्यान गएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गत मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो । एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७