सनराइज बैंक र जोन्टा क्लब काठमाडौंबीच सहकार्य


२८ आश्विन २०७७, बुधबार

काठमाडौं,२८ असोज । सनराइज बैंक र जोन्टा क्लब काठमाडौंबीच अनलाईन शिक्षाको लागि सहकार्य सुरु भएको छ ।

कोभिड-१९ का कारण सार्वजनिक विद्यालयको शिक्षा रोकिएका बेला बैंक र जोन्टा क्लबबीच अनलाइन शिक्षाका लागि सहकार्य भएको हो । यो पहल नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक विद्यालय, दरबार हाईस्कूलमा शुरू भइरहेको छ । सनराइज बैंक लिमिटेडले आफ्नो १३ औं वार्षिकोत्सवमा जोन्टा क्लब काठमाडौंको यस पहललाई आंशिक रूपमा लगानी गरेर सहयोग पुर्याएको छ ।

बैंकबाट प्राप्त भएको रु ३,००,००० को प्रारम्भिक सहयोगले यस विद्यालयका शिक्षकहरुलाई ल्यापटप, डिजिटल साक्षरता र प्रशिक्षण प्रदान गरी प्रारम्भिक चरणमा कार्यान्वयन गरिनेछ । महिला शिक्षकसँगै पुरुष शिक्षकहरूलाई पनि ल्यापटप र शिक्षा प्रदान गरिनेछ । जोन्टा क्लब काठमाडौं र दरबार हाईस्कूलले सनराइज बैंकको यस योगदानलाई ठूलो सम्मान गरेको र बैंकसँग लामो र अर्थपूर्ण सहकार्यको लागि तत्पर रहेको जनाएको छ । जोन्टा क्लब काठमाडौं २०१२ मा जोन्टा इन्टरनेसनलको छाता अन्तर्गत स्थापित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७