प्रधानमन्त्रीले थपे तीन मन्त्री : विष्णु पौडेल बने अर्थमन्त्री, ईश्वर पोखरेलको खोसियो मन्त्रालय


२८ आश्विन २०७७, बुधबार
pM KP SHARMA Oli

काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) मन्त्रिमण्डलमा तीन जना मन्त्री थपेका छन् । यस्तै केही मन्त्रीको जिम्मेवारी हेरफेर समेत गरेका छन् ।

अर्थमन्त्रीमा पार्टीका महासचिव विष्णु पौडेल, शहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीलानाथ श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । थप भएका तीनै जना मन्त्री ओली निकट हुन् ।

उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७