मन्त्रीपरिषद् हेरफेरमा असन्तुष्ट शिर्ष नेता सपथ ग्रहणमा सहभागी भएनन्


२९ आश्विन २०७७, बिहीबार
prachanda madhav nepal jhalanatha khanal bamdev gautam scaled

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनस्टि पार्टी (नेकपा)का शीर्ष नेताहरु नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण समारोहमा सहभागी भएनन् । मन्त्रीपरिषद् हेरफेरमा असन्तुष्ट शिर्ष नेताहरु कोरोना संक्रमणलाई कारण देखाउँदै सहभागी नभएका हुन् ।

विहिबार सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम सपथ ग्रहण समारोहमा सहभागी भएनन् । बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना नयाँ मन्त्री नियुक्त गरेका थिए । दुई जनाको जिम्मेवारी हेरफेर गरेका थिए ।

विष्णु पौडेल अर्थ, कृष्णगोपाल श्रेष्ठ शहरी विकास र लिलानाथ श्रेष्ठल महिला तथा बालबालिका मन्त्री नियुक्त भएका हुन् । त्यस्तै यसअघि महिला तथा बालबालिकाको जिम्मेवारीमा रहेका पार्वत गुरुङ सञ्चार र रक्षा मन्त्री रहेका इश्वर पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा परिवर्तन गरिएको छ ।

ओलीको यो कदमपछि अध्यक्ष प्रचण्ड, वरिष्ठद्धय झलनाथ खनाल र नेता नेपाल थप असन्तुष्ट बनेका छन् । खनाल भने बिरामी भएर उपचाररत छन् । अचानक रक्तचापको समस्या देखिएपछि खनाललाई बुधबार साँझ धुम्बाराहीस्थित ह्‍याम्स अस्पताल भर्ना गरिएको छ । अन्य नेता भने कोरोना देखाएर सहभागी भएनन् । विहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान शीतल निवासमा तीनै जनालाई मन्त्रीको शपथ गराएकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७