एकै दिन थपिए ४,३९२ कोरोना संक्रमित, नेपालमा संक्रमित संख्या एक लाख २६ हजार पुग्यो


३० आश्विन २०७७, शुक्रबार
korona

काठमाडौं, ३० असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप चार हजार ३९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६ हजार ५३१ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा तीन हजार ५२२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।

अब नेपालमा ३७ हजार तीन सय ४२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय आठ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा २१ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ७१५ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७