सिटिजन्स बैंकका ग्राहकहरुले डिल आयो डट कममा २५ प्रतिशतसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने


३० आश्विन २०७७, शुक्रबार
citizen

काठमाडौं, ३० असोज । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले डिल आयो डट कममा २५ प्रतिशतसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने भएका छन् । बैंकका डेबिट÷क्रेडिट कार्डबाहकहरु, मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरु तथा इन्टरनेट बैकिङ्ग प्रयोगकर्ताहरुले पस, क्यू आर तथा फण्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डट कममा रु १००० भन्दामाथिको कारोबार गर्दा २५ प्रतिशत सम्म वा रु २५०० सम्मको क्यास ब्याक प्राप्त गर्न सक्ने छन् ।

यो योजना यही कात्तिक ६ गतेसम्म लागू हुनेछ । नजिकिँदै गरेको महान चाड दशैलाई लक्षित गरि ल्याइएको यो योजना बाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र कोभिड नियन्त्रण बिरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए।टि।एम. र १०४ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७