यी हुन् प्रदेश नं ६ बाट निर्वाचित राष्ट्रियसभा सदस्य


२६ माघ २०७४, शुक्रबार
pradesh 6 1

सुर्खेत, २६ माघ : राष्ट्रियसभाको निर्वाचनमा प्रदेश नं ६ बाट निर्वाचित भएका वाम गठबन्धनका उम्मेद्वार विभिन्न पृष्ठभूमिबाट आएका छन् । pradesh 6 1

महिला तथा खुला सदस्य तीन-तीन र अपांग-अल्पसंख्यकमा एक र दलितमा एक गरी राष्ट्रियसभामा आठजना निर्वा्चित भएका छन् । वाम गठबन्धनको भागबण्डाअनुसार यो प्रदेशमा नेकपा (एमाले) का तर्फबाट खुलातर्फ रुकुम पश्चिमका ठगेन्द्र पुरी, जाजरकोटका भैरवसुन्दर श्रेष्ठ, महिलातर्फ हुम्लाकी कविता बोगटी, सुर्खेतकी नन्दा शर्मा (चपाई) र दलिततर्फ कालीकोटका नरपति लुहार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

माओवादी केन्द्रबाट खुलातर्फ जाजरकोटका कालीबहादुर मल्ल, महिलातर्फ मुगुकी युटुल तामाङ र अपांग-अल्पसंख्यकतर्फ कालीकोटका जीवनबहादुर बुढा राष्ट्रियसभा सदस्यमा निर्वा्चित भएका छन् । एकल संक्रमणीय प्रणालीअनुसार खुला तथा महिलातर्फ निर्धारण गरिएको मतभार एक हजार १६२ क्रस गरी उहाँहरु विजयी भएको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिनुभयो । त्यसैगरी, बहुमतीय प्रणालीअनुसार अपांग-अल्पसंख्यक र दलित सदस्य निर्वाचित भएका थिए ।

उपप्रधानपञ्चदेखि राष्ट्रियसभा सांसदसम्म

कालीकोटका नरपति लुहार राष्ट्रियसभाको सदस्यको निर्वाचनमा वाम गठबन्धनका तर्फवाट प्रदेश ६ बाट विजयीको खाता खोल्न सफल राष्ट्रियसभाको सदस्य हुनुभएको छ । राष्ट्रियसभाको सदस्यमा विजयी नरपति लुहार उपप्रधानपञ्च, वडाध्यक्ष हुँदै राष्ट्रियसभाको सांसद बन्नुभएको छ । बहुदल आएपछि एमालेको राजनीतिमा लाग्नुभएका लुहारलाई नेकपा (एमाले) ले राष्ट्रियसभा सदस्यका उम्मेदवार बनाएको हो । २०४४ सालमा कालीकोट जिल्लाको स्युना गाउँ पञ्चायतको उपप्रधानपञ्चमा उनी विजयी भएका थिए ।

२०५४ सालमा साविकको स्युना गाविसमा एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए । २०५३ सालमा एमालेको कालीकोट जिल्ला कमिटी सदस्य भएका लुहार हाल एमाले निकट जातीय मोर्चाको जिल्ला अध्यक्ष र कालीकोट जिल्ला कमिटी सदस्य छन् । राष्ट्रिसभाको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट ६ नं प्रदेशबाट विजयको खाता खोल्न सफल लुहारले तीन हजार ६६६ मत ल्याएर आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मित्रलाल सार्कीलाई पराजित गरेका थिए ।

जनसेनाको कमाण्डर हुँदै राष्ट्रियसभाको सदस्य

प्रदेश ६ बाट राष्ट्रियसभाको सदस्यमा निर्वा्चित नरहरिनाथ गाउँपालिका–२ कालीकोटका जीवनबहादुर बुढा तत्कालीन नेकपा (माओवादी) जनयुद्धका सेना कमाण्डर हुँदै राष्ट्रियसभाको सदस्यमा चुनिएका छन् छ ।

सानैमा कम्युनिष्ट राजनीतिमा लागेकाबुढा २०५२ सालमै पार्टीको सदस्यता प्राप्त गरेका थिए । २०५३ कात्तिकमा छापामार दलको सदस्य हँुदै बुढा माओवादी जनसेनामा भर्ना भएका थिए । बुढा २०६० सालमा माओवादी जनसेनाका बिग्रेड कमाण्डर हुँदै २०६१ को अन्तमा सातौँ डिभिजन सहकमाण्डर बनेका थिए । शान्ति प्रक्रियासँगै भएको माओवादी सेनाको व्यवस्थापन हुँदा उहाँले क्यान्टनमेन्टमा सेनाको नेतृत्व गरे ।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा सचिवालयमा रहेर काम गरिसकेका छन् । उनी अहिले नेकपा (माओवादी केन्द्र) को पोलिटब्यूरो सदस्य छन् । सेना हुँदाका सबै साथीहरुले समायोजन रोज्दा आफूले राजनीति रोजेको उनले बताए ।

शिक्षक जागिर छोडेर राष्ट्रिय सभा सदस्य

भेरी नगरपालिका–४ जाजरकोट निवासी कालीबहादुर मल्ल नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य हुन् । २०३४ सालदेखि शिक्षक पेशामा लागेका उनी २०४३ मा जागिर छोडेर राष्ट्रिय जनमोर्चाबाट राजनीतिक जीवन शुरु गरेका थिए । २०४९ सालमा जिल्ला विकास समिति जाजरकोटको सदस्यमा निर्वाचित भएका उनी २०५२ सालदेखि नेकपा (माओवादी) राजनीतिमा होमिएका थिए

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७