कोरोनाबाट चितवनमा थप एक जनाको मृत्यु


१ कार्तिक २०७७, शनिबार
bharatpur 2

चितवन, १ कार्तिक । कोरोना भाइरस संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा थप एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१२ का ४९ वर्षीय पुरुष छन् ।

अस्पतालका अनुसार असोज ३० गते कोरोना संक्रमणसहित खोकी, श्वासप्रश्वासमा समस्या भई अस्पतालको कोभिड आईसीयू कक्षमा भर्ना भएका थिए । उनी असोज २८ गते कोभिड १९ संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका थिए ।

क्यान्सरपीडित उनको स्वास्थ्य अवस्था जटिल भएपछि अस्पतालमा भर्ना भएका हुन् । भेन्टिलेटरमा राखेर उपचाररत उनको आज राति १ः४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७