कोरोनाबाट वडा सदस्य पोण्डेको निधन


१ कार्तिक २०७७, शनिबार
Badri Bahadur Pande Chitwan Khairahani

चितवन, १ कार्तिक । कोरोना भाइरस संक्रमणबाट चितवनको खैरहनी नगरपालिका–१२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको मृत्यु भएको छ । उनी क्यान्सर रोगबाट समेत पीडित थिए ।

भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गए राति मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनमा असोज २८ गते सङ्क्रमण पुष्टि भएको थियो । आईसोलेसनमा रहेकोमा उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो ।

खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो । अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उनको उपचार भईरहेको थियो ।

उनी नेपाली काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए । नेपाली कांग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनमा गहिरो दुःख प्रकट गरेका छन् । यसअघि जिल्लाकै भरतपुर महानगरपालिका–२० का निर्वाचित वडा अध्यक्षको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७