गण्डकीमा थप ४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५५ सय ४७ पुग्यो


१ कार्तिक २०७७, शनिबार
korona

पोखरा, १ कार्तिक । गण्डकी प्रदेशमा थप ४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशमा आज (शनिबार) थप ४६ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५५ सय ४७ पुगेको छ ।

शनिबार्र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा कास्कीका ३०, नबलपरासी पूर्व ५ गोरखाका ९, तनहुँमा २ जनामा संक्रमण पुष्टि भएको हो।

गोरखाका संक्रमितमा तीन जना नेपाल प्रहरी र १ जना नेपाली सेनामा कार्यरत पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिएका छन् । सबै संक्रमितहरुलाई आईसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको उनले जनाकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७