नेपाल टेलिकम हुम्लामा भिस्याट जडान


१ कार्तिक २०७७, शनिबार
nepal telecom logo.jpg

हुम्ला, १ कार्तिक । हुम्लाको सदरमुकाम सिमकोटस्थित नेपाल टेलिकम शाखा कार्यालयमा पहिलो पटक भिस्याट सेवा जडान गरिएको छ ।

जिल्लामा हिउँद याममा नियमित हिउँ पर्ने हुँदा टेलिकमको रेडियो लिंक बिग्रने भएकाले शुक्रबार भिस्याट गरिएको छ । सेवा आजदेखि सञ्चालनमा आएको छ ।

हिउँदमा हुम्लीले टेलिफोन सेवाबाट समस्या झेल्नुपरेकाले टेलिकमले सो सेवा जडान गरेको नेपाल टेलिकम हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार टेलिकमको रेडियो लिंकले काम नगरेका समयमा अन्य कम्पनीबाट सेवा लिनुभन्दा आफ्नै भिस्याटमार्फत काम गर्दा सजिलो हुने भएकाले यो सेवा जडान गरिएको हो ।

बेलाबेलामा नमस्तेको नेटवर्कले काम नगर्ने भएपछि अन्य वैकल्पिक सेवाका लागि भिस्याट सेवा जडान गरिएको हो ।

केही दिनअअघि मात्रै सर्केगाड गाउँपालिका वडा नं २ रिप र सिमकोट गाउँपालिका वडा नं ७ को धारापोरीको बिग्रिएको टावर मर्मत गर्न प्राविधिक टोली काठमाडौँबाट सिमकोट पुगेको थियो । विगत वर्षमा रेडियो लिंकले काम गर्न छाडेपछि कम्तीमा एक हप्तादेखि एक महिनासम्म यहाँका नागरिक सञ्चारसेवाबाट वञ्चित थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७