भारतमा सक्रिय संक्रमित संख्या आठ लाख भन्दा कम, ६५ हजार थपिए


१ कार्तिक २०७७, शनिबार
000 8RY68J

नयाँदिल्ली, १ कार्तिक । भारतमा अझै पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या अहिले आठ लाखभन्दा कम भएको छ । पहिला पहिला नौ, दश लाख सङ्क्रमितहरु रहने गरेकोमा अहिले घटेर आठ लाखभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो ४५ दिनयता सङ्क्रमित अवस्थामै रहेकाहरुको यो संख्या अहिलेसम्मकै कम हो । भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या पछिल्लो समयमा लगातार बढ्दै गएकोमा अहिले आठ लाखभन्दा कम भएको हो, मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ ।

मन्त्रालयका अनुसार अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या सात लाख ९५ हजार ५३ रहेको छ । तीमध्ये ६६ हजार भन्दा बढी पछिल्लो २४ घण्टामा सङ्क्रमण पुष्टि भएका हुन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको संख्या ७४ लाख ३२ हजार ६८१ पुगेको छ ।

भारतमा कोरोनाका कारण अहिलेसम्म कुल एक लाख १२ हजार ९९८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तीमध्ये ८३७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । कोरोनाबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको संख्या भने भारतमा अहिलेसम्म ६५ लाख २४ हजार ५९५ रहेको छ । एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७