ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एक घाइते


१ कार्तिक २०७७, शनिबार
accident in river

स्याङजा, १ कार्तिक । स्याङ्जाको भिरकोट नगरपालिका–३ साम्दीमा आज (शनिबार) ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँका २० वर्षीय विपिन जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

ग १ त ५६३७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको थियो । ट्याक्टरको इन्जिनले च्यापिएर जिटीको मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा लगिएको छ ।

दुर्घटनामा भिरकोट–३ का १७ वर्षीय सुनिल रिजाल घाइते भएका छन् । उनको स्याङ्जा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७