२४ घण्टामा थपिए ३१ सय ६७ कोरोना संक्रमित, एक हजार आठ सय जना निको

सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ पुग्यो


१ कार्तिक २०७७, शनिबार
korona

काठमाडौं, १ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३१ सय ६७ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा एक हजार ८०० संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७