काठमाडौं उपत्यकामा १७ सय ४६ संक्रमित थपिए


१ कार्तिक २०७७, शनिबार

काठमाडौं, १ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १७ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार ७४६ जनामा कोरोना पुष्टि भएको बताए । प्रवक्ता गौतमले काठमाडौँमा १ हजार ४५१ भक्तपुरमा १४३ ललितपुरमा १५२ संक्रमित भएको बताए ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ३१ सय ६७ कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका १७ सय ४६ जना हुन् । पछिल्लो २४ घण्टामा एक हजार ८०० संक्रमित निको भएर घर फर्किएका छन् ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७