मिथुन चक्रवर्तीका छोराविरुद्ध बलात्कारको उजुरी, के हो घटना ?


१ कार्तिक २०७७, शनिबार
1602932697 mithun 1200x560 1

नयाँदिल्ली, १ कार्तिक । भारतीय चर्चित अभिनेता मिथुन चक्रवर्तीका छोरा महाअक्षय चक्रवर्तीविरुद्ध मुम्बईस्थित ओसिवारा पुलिस स्टेसनमा बलात्कार र गर्भपतन अभियोगमा उजुरी दर्ता भएको छ ।

विवाहको आश्वासन दिएर उनले फिल्म क्षेत्रमै काम गर्ने अभिनेत्रीलाई करणी गरी बसेको गर्भ समेत पतन गराएको आरोप रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त घटनामा मिथुनकी पत्नी योगितालाई पनि विपक्षी बनाइएको छ ।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार पीडित युवती र महाअक्षयबीच सन् २०१५ देखि प्रेम सम्बन्धमा थिए । महाअक्षयले उनलाई विवाह गर्ने आश्वासन दिएर उनीसँग शारीरिक सम्बन्ध राखेका थिए ।

पीडित युवतीका अनुसार सन् २०१५ कै एक दिन आफूलाई घरमा बोलाएर महाअक्षयले पेय पदार्थमा नसालु चिज मिसाएर खुवाएर शारीरिक सम्बन्ध राखे । त्यसपछि उनले विवाह गर्ने आश्वासन दिएर शारीरिक सम्बन्धलाई ४ महिनासम्म जारी राखे ।

जब युवती गर्भवती भइन् तब महाअक्षयले गर्भपतनका लागि दबाब दिए । युवतीले नमान्दा नमान्दै पनि महाअक्षयले पिल्स खुवाएर गर्भपतन गराए । पीडित युवतीले आफूलाई त्यो पिल्सले गर्भ जान्छ भन्ने थाहा नपाएको दाबी गरेकी छन् ।

यो गुनासो महाअक्षयकी आमालाई गर्दा उल्टै आफूलाई धम्क्याएको पीडित युवतीको आरोप छ । यसैकारण आमा छोरा दुवैलाई उनले प्रहरी कार्यालयमा उजुरी हालेकी हुन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७