नारीका लागि एनसेलले ल्यायो विशेष ‘गो सिमः अघि बढौं’

बोनस मेन ब्यालेन्स, डेटा, टक टाइम र एसएमएस सहितको अफर


प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार ००:००

काठमाडौं, १ कार्तिक । एनसेल आजियाटा लिमिटेडले महिलाहरुका लागि ‘अघि बढाैं’ भन्ने थिममा आकर्षक सुविधाहरुका साथ ‘गो सिम’ल्याएको छ । आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपलकालिन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन पाईने, निश्चितन म्बरहरुमा निःशुल्क कल सेवा लगायत थुप्रै सुविधाहरु भएको यो सिम महिलाहरुका लागि मात्र ल्याइएको हो ।

यो सिम ग्राहकले आज (कार्तिक ०१) देखि नजिकैको एनसेल सेन्टरहरु वा देशभरी रहेका एनसेलका आधिकारिक खुद बिक्रेताहरुबाट सजिलै मात्र रु ९९ माखरिद गर्न सक्नेछन् । गो सिमको खरिदसँगै ग्राहकले रु २० मेनब्यालेन्स, सात दिनको समयसीमा रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० ओटा एसएमएस प्राप्त गर्दछन् ।

यसका साथै ग्राहकले गो सिम मार्फत दामी म्युजीक तथा हङ्गामा म्युजीकप्रो ३० दिनसम्मका लागि निःशुल्क सुचारु गर्न सक्छन् । ग्राहकले यो सिम सुचारु भएको अर्को दिनको मध्य रातीसम्ममा गरेको पहिलो रु १०० वा सो भन्दा बढिको रिचार्जमा १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । प्राप्त बोनस सात दिनको लागि मान्य रहनेछ ।

“महिलाहरुका लागि विशेष रुपमा डिजाइन गरिएको यस प्रकारको पहिलो महिला केन्द्रित प्याक सुरु गर्न पाएकोमा हामी धेरै खुसी छौं । यसको विशेषताहरुमा बन्डल सेवा देखि लिएर आपतकालिनअवस्थाका लागि सञ्चार सेवा, सुरक्षाको लागि एसएमएस सेवा र महिलाका क्षेत्रमा काम गर्ने संस्थाहरु मा निःशुल्क कल सेवा जस्ता थुप्रै सुविधाहरु रहेका छन् । यो प्याक ल्याउनुको प्रमुख कारणहरु मध्ये महिला सुरक्षा एक हो । यसले महिला वर्गलाई दुरसञ्चार सेवा सुनिश्चित गर्ने मात्र नभई यसमा उपलब्ध सेवा, सुविधातथा सुरक्षाको हिसाबले समेटिएको विषेशताले महिला सशक्तिकरणमा सहयोग पुर्याउने विश्वास हामीले लिएका छौ ।” एनसेल आजियाटा लिमिटेडका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने ।

महिलाहरुलाई दुरसञ्चार सेवाको पहँच सुनिश्चितगर्दै यसको लाभ प्रदान गर्ने उद्देश्यअनुरुप ल्याइएको गो सिम अन्तर्गत ग्राहकले सिम खरिद गरेको दिन देखि १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्नेछन् । प्राप्त बोनस सात दिनको लागि मान्य रहनेछ र ग्राहकले यसबाट अन नेट कल गर्न, डेटा चलाउन तथा एसएमएस पठाउन प्रयोग गर्न सक्नेछन् ।

यसका साथै यो सिमलिने ग्राहकका लागि अपलकालिन सञ्चार सेवाकालागिविषेश सुविधा रहेको छ । यस अन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स रु ५ भन्दा कम भएको अवस्थामा लाग्ने शुल्क पछि तिर्ने गरी १० मिनेट अन नेट टक टाइम तथा १० वटा एसएमएस आपतकालिन सञ्चार सेवाका रुपमा सजिलै लिन सक्नेछन् । ग्राहकले आफ्नो सिम रिचार्ज गरेपछि यस सेवावापतको कर सहित रु १० मेन ब्यालेन्सबाट काटिने छ ।

त्यसैगरी यो सिममा महिलाहरुको सुरक्षाका लागि निःशुल्क उपलब्धहुने अर्को विशेष सुविधा पनि रहेको छ । जस अन्तर्गत प्रयोगकर्ताले आपतकालिनअवस्थामाआफुले चाहेका तीन एनसेल नम्बरहरुमाआपतकालिन सन्देश पठाउन सक्नेछन् । गो सिमप्रयोगकर्ताले एस्ट्रिक्स १७१८०ह्यास डायल गर्ने बित्तिकै आफुले छानेका तीन नम्बरहरुमा पुर्वनिर्धारित आपतकालिन सन्देश ‘अर्जेन्ट आइ निड हेल्प । प्लीजकल ’एसएमएस आपतकालिन सन्देशका रुपमा गो सिम प्रयोगकर्ताको नम्बर सहित स्वतःजानेछ । ग्राहकले यसरी आपतकालिन सन्देश प्रवाह गर्नपर्ने तीन नम्बरहरु एस्ट्रिक्स १७१८०एस्ट्रिक्स १ ह्यास डायल गरी सजिलै राख्न, हटाउन वा परिवर्तन गर्न सक्नेछन् । यो सेवाग्राहकले आपलकालिनअवस्थामा मात्र आवश्यक सहयोगको लागि प्रयोग गर्नु पर्नेछ ।

थप आकर्षणका रुपमा गो सिम प्रयोग गर्ने कोही पनि महिलाले महिलाका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुमा महिनामा ६० मिनेट सम्म निःशुल्क कल गर्न सक्ने सुविधा रहेको छ । यसबाट महिलाहरुले आफुलाई आवश्यक परामर्श सजिलै लिन सक्नेछन् ।

यी विभिन्न आकर्षक सुविधाहरुको साथै, गो सिम प्रयोगकर्ताले डेटा, स्वास्थ्य र विभिन्नमनोरञ्जन सहितको कम्बो प्याक सुलभ दरमा प्रयोग गर्न सक्छन् । गो प्रयोगकर्ताले एस्ट्रिक्स१७१०४ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको प्याक सुचारु गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्