सन्राइज बैंकले ल्यायो चाडपर्व बिशेष योजना


१ कार्तिक २०७७, शनिबार
sunrise bank limited

काठमाडौं, १ कार्तिक । सनराइज बैंक लिमिटेडले स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियानलाई आत्मसाथ गर्दै बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ ।

डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफ वान सफट (F1soft)संग सहकार्य गरी यस योजना ल्याएको हो ।

यस योजना अन्र्तगत सन्राइजले आफ्नो मोबाइल बैंकिङ्ग सनराईन स्मार्ट एप बचत मार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यसाली ग्राहकहरुलाई एक एक थान स्मार्ट फोन प्रदान गर्ने जनाएको छ । साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम रु. १०० क्यास ब्याक गर्ने व्यवस्था समेत गरेको छ ।

सन्राइज बैंकले आफ्नो १३ आंै वार्षिकोत्सवको उपलक्ष्यमाग्राहकहरुसँग खुशी बाड्न २०७७ कार्तिक १ गते देखि मंसिर ५गते सम्मको लागी यो योजना ल्याएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७