आफनै संगितमा मिना राईले ल्याइन् पूर्वेली गीत


१ कार्तिक २०७७, शनिबार
mina rai

काठमाडौं, १ कार्तिक । गायिका मिना राईको नयाँ गीत सार्वजनिक भएको छ । गायिका राईले आफनै संगितमा शनिबार ‘पूर्व पाँचथर’ बोलको पूर्वेली गीत सार्वजनिक गरेकी हुन् ।

आयुष लावतीले रचना गरेको गीतमा उनलाई गायनमा भैरव लिम्बुले साथ दिएका छन् । एरेन्ज कृष्ण भक्त राईले गरेका छन ।

गीतको मिक्सिङ मिन बिष्टले गरेका छन् भने भर्जिन भ्वाईस रेकर्डिङ स्टडियोमा रेर्केड गरिएको हो । भिडियोसहित सार्वजनिक गरिएको भिडियोको छायाँकन र सम्पादन गंगाराम राईले गरेका छन ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७