वामदेव गौतमको सुरक्षामा खटिएका प्रहरी र चालकमा कोरोना संक्रमण, भेटघाट बन्द


२ कार्तिक २०७७, आईतवार
bamdev

काठमाडौं, २ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको सुरक्षामा खटिएका सुरक्षाकर्मी र सवारी चालकमा कोरोना संक्रमण देखिएको छ । शनिबार चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण भएको रिपोर्ट आएको जानकारी दिइएको हो ।

सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिए पनि उपाध्यक्ष गौतम र उनका परिवारका सदस्यमा भने कोरोना संक्रमण देखिएको छैन । यसका साथै गौतमको निजी सचिवालयका सदस्यमा पनि कोरोना संक्रमण नदेखिएको बताइएको छ ।

चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि नेता गौतम होम क्वारेन्टाइनमा बसेका छन् । उनले सबै भेटघाट समेत बन्द गरेको गौतमको निजी सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७