उदयपुरमा भीरबाट खस्यो स्कारपियो : पाँच जनाको घटनास्थलमै मृत्यु, तीन घाइते


२ कार्तिक २०७७, आईतवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

उदयपुर, २ कार्तिक । उदयपुरको कटारी नगरपालिका–१४ स्थित भदौरे भीरबाट स्कारपिओ खस्दा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ ।

गए राति भएको दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी बेदप्रसाद गौतमका अनुसार भैरहवाबाट ओखलढुङ्गा जाँदै गरेको बा २०प ७१७१ नम्बरको स्कारपियो राति १ बजे सिद्धिचरण लोकमार्गमा भीरबाट खसेको हो ।

स्कारपिओ सकडबाट झण्डै एक किलोमिटर तल खसेको डीएसपी गौतमले जानकारी दिएका छन् । मृतकमध्ये ओखलढुङ्गा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्कीको पहिचान खुले पनि अन्यको पहिचान खुलेको छैन । गाडी ब्रेकफेल भएर सडकबाट खसेको आशंका गरिएको छ ।

घाइते हुनेमा ओखलढुङ्गा मानेभञ्याङकै कुमारी सार्की, कल्पना सार्की र चालक पवन खड्का छन् । मृतक र घाइते आफन्त भएको खुलेको छ । उनीहरु दशैं मान्नका लागि घर जान लागेको अवस्थामा दुर्घटना भएको बताइएको छ । घाइतेलाई कटारी अस्पताल हुँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७