भेरी अस्पतालमा बर्दियाका संक्रमितको मृत्यु


२ कार्तिक २०७७, आईतवार
veri anchal hospital

बर्दिया, २ कार्तिक । कोरोना भाइरस संक्रमणबाट बर्दियाको ठाकुरबाबा नगरपालिका—६ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले कोरोना संक्रमण भएका ती पुरुषको भेरी अस्पताल नेपालगन्जमा आइतबार बिहान २ बजे मृत्यु भएको जानकारी दिएका छन् ।

उनका अनुसार असोज १५ गते बिरामी भएपछि कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । असोज १७ गते स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ भएको थियो । उनको थप उपचारका लागि भेरी अस्पतालमा ल्याइएको थियो । योसँगै बर्दियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

जिल्लामा हालसम्म कोराना संक्रमितको संख्या ९०७ पुगेको छ । कोरोना संंक्रमणबाट ६७० जना निको भएका छन् । जिल्लाका विभिन्न क्वारेन्टाइनमा ५७१ जना उपचाररत छन् । आइसोलेसनमा २०४ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७