गण्डकी प्रदेशमा थप ९७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५७ सय ३० पुग्यो


२ कार्तिक २०७७, आईतवार
korona

पोखरा, २ कार्तिक । गण्डकी प्रदेशमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय आइतबार उपलब्ध गराएको विवरण अनुसार बिहान र मध्यान्ह गरेर थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले धेरैजसो संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसिङबाट पत्ता लागेको जानकारी दिए ।

उनले सबै संक्रमितहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको बताए । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५ हजार ७३० पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७