शैंया अभाव भन्दै बिपी प्रतिष्ठानले घर फर्काइएकी संक्रमितको घरैमा मृत्यु


प्रकाशित मिति : २ कार्तिक २०७७, आईतबार ००:००

धरान, २ कार्तिक । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शैंया अभावमा घर फर्काइएकी धरान–१५ की एक वृद्धाको निधन भएको छ ।

उनी कोरोना सङ्क्रमित भएपछि छोरीका घरमा आइसोलेशनमा बसिरहेकी थिइन् । शनिबार एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि प्रतिष्ठानमा लगिए पनि शैंया अभावमा भर्ना नगरिएपछि घर फर्काइएको केही समयपछि ८३ वर्षीया उनको मृत्यु भएको धरान –१५ का वडाध्यक्ष नरेश इवरामले जानकारी दिए । उनलाई दुई दिनअघि कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो ।

अहिले प्रतिष्ठानमा शैंया अभाव भएको जनाई सङ्क्रमितलाई भर्ना लिन छाडिएको छ । भेन्टिलेटर भएको १० शैंया भए पनि ६ वटाले काम गरेका छैनन् । वृद्धाको शव स्वास्थ्य सुरक्षा मापदण्डानुसार नेपाली सेनाले व्यवस्थापन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्