नेपालमा थप २९ सय ४२ जनामा कोरोना संक्रमण, २३ सय २६ जना निको


२ कार्तिक २०७७, आईतवार
korona

काठमाडौं, २ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २९ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ३२ हजार २४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २३ सय २६ छ । योसँगै हालसम्म ९२ हजार १६६ जना निको भएका छन् । आज देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७३९ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७