सरकारले अब कोरोना परीक्षण र संक्रमितको उपचार नगर्ने


२ कार्तिक २०७७, आईतवार
korona 5

काठमाडौं, २ कार्तिक । अब सरकारी अस्पतालमा समेत कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचार खर्च बिरामी आफैले गर्नुपर्ने भएको छ ।

सरकारले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ ।

‘अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ।

उनका अनुसार यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू हुनेछ । यस्तै अब होम आएसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थान पनि परिवार आफैले गर्नुपर्ने भएको छ ।

यस्तै कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी संक्रमित भएमा कोरोनाको लक्षण नदेखिएसम्म आइसोलेसनमा बस्न नपाउने भएका छन् । पछिल्लो दिन सरकार कोरोना संक्रमितको उपचार दायित्वबाट विस्तारै पन्छिँदै गएको जानकार बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७