सांसद र पिएको खातामा दसैँ भत्ता : तलब नपाएपछि कोभिड विरुद्ध खटेकाहरु आन्दोलनमा


२ कार्तिक २०७७, आईतवार
singhdarbar ktm

काठमाडौं । सरकारले यस पटक भनेको दसैँ नमनाउने घोषणा गरेको छ । सधैं जस्तो यस पटक राष्ट्रपति, प्रधानमन्त्रीले सर्वसाधरणलाई टिका लगाइदिने छैन् । कोरोना महामारीको कारण यस पटक सधैं जस्तो मनाइने छैन । तर, सांसद र उनीहरूका स्वकीय सचिवहरूलाई भने सधैंको जसरी दसैँ मनाउनको निम्ती खातामा पैसा हालीदिएको छ ।

दसैँ भव्य बनाउन संसद्ले तीन करोड सात लाख ५४ हजार चार सय १० रुपैयाँ दसैँ भत्ता वितरण गरेको छ । सांसदहरुका लागि दसैँ भत्ता बापत करोड ९६ लाख पाँच हजार चार सय २० रुपैयाँ खर्च भएको छ । उनीहरुको स्वकीय सचिवहरूको दसैँका लागि ३५ हजार नौ सय ९० रुपैयाँका दरले एक करोड १० लाख ४८ हजार नौ सय ३० रुपैयाँ दसैँ भत्ता खर्च भएको छ ।

सांसद र तिनका पिएहरुको खातामा पैसा जम्मा भइसकेको अवस्थामा महामारी विरुद्ध खटिरहेका कोभिड अस्पताल बनाइएको वीर अस्पतालका कर्मचारीहरुले भने चैत यताका भत्ता पाएका छैनन् । चैतदेखि हालसम्म कोभिड भत्ता, औषधि खरिद खर्च र सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्री नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरु आन्दोलित भएका छन् ।

तलब पाएनन्
नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यका अनुसार वीर अस्पतालका अस्थायी र करारका कर्मचारीले पनि साउनदेखि तलब पाएका छैनन् । आन्दोलित कर्मचारीहरुले आईतबार दिउँसो १ घण्टा अस्पतालका पदाधिकारीहरुको कार्यकक्षमा ताला लगाए ।

अस्पताल प्रशासनले वार्तामा बोलाएपछि ताला खोलिएपनि सहमति भने हुन सकेन । यता अस्पतालका निर्देशक डा केदार सेन्चुरीले भने अस्पताल समस्यामा रहेको कारण कोभिड भत्ता लगायतका अन्य सुविधा उपलब्ध गराउन नसकिएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७