गण्डकी प्रदेशमा हालसम्म ५० को मृत्यु, पाँच हजार ७८६ संक्रमित


३ कार्तिक २०७७, सोमबार
pokhara

पोखरा, ३ कार्तिक । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४९९ जना निको भएका छन् ।

गण्डकी प्रदेश स्स्वास्थ्य निर्देशनालयका आइतबारको विवरणमा थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको संख्या पाँच हजार ७८६ पुगेको निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा हालसम्म कूल ८१ हजार ५१५ जनाको नमूना परीक्षण गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७