कोरोनाबाट धरानमा तीन जनाको घरैमा र एक जनाको विपी प्रतिष्ठानमा मृत्यु


३ कार्तिक २०७७, सोमबार
korona 4

काठमाडौं, ३ कार्तिक । कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानमा थप चार जनाको ज्यान गएको छ ।

धरानका तीनै जना संक्रमितको घरमै मृत्यु भएको हो । धरानको वडा नम्बर–८ का ६८ बर्षीय संक्रमितको हिजो आइतबार दिउँसो करिब ३ बजेतिर मृत्यु भएको हो । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत रहेका संक्रमित आफैले घर जाने जिद्दी गरेपछि परिवारको जिम्मामा अस्पतालले डिस्चार्ज दिएको थियो । उनलाई घर ल्याएको केही समयपछि नै मृत्यु भएको वडा सदस्य सावित्री परियारले जानकारी दिएकी छिन् ।

यस्तै धरान ८ को एघारघरेमा आज बिहान एक संक्रमित पुरुषको पनि मृत्यु भएको छ । धरान ८ कै वडा सदस्य राम मगरका अनुसार मृतक मृगौलाका विरामी थिए । उनको डाइलाइसिस गरिरहेको पनि उनले जानकारी दिए ।

त्यसैगरी हिजो आइतबार साँझ सवा ७ बजे धरान १९ की ७० बर्षीया वृद्धाको पनि होम आइसोलेसनमा नै मृत्यु भएको छ । उनको एक साताअघि पुनः पिसिआर परिक्षण गरिए पनि रिपोर्ट पोजेटिभ आएपछि थप होम आइसोलेसनमा बसेको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिएका छन् ।
इटहरीका संक्रमितको विपी प्रतिष्ठानमा मृत्यु
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इटहरीका कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी २० का ७८ बर्षीय पुरुष छन् । उनको आज बिहान ३ बजेर ५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार असोज १९ गते प्रतिष्ठान भर्ना गरिएका ती विरामीलाई कार्तिक १ गते संक्रमण पुष्टि भएको थियो । उनलाई एनेमियालगायत दीर्घ रोगहरु थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७