प्रहरीलाई नै गोली हानेर भागेका अपहरणकारी ६ वर्षपछि होटलबाट पक्राउ


३ कार्तिक २०७७, सोमबार
pa

काठमाडौं, ३ कार्तिक । प्रहरीलाई नै गोली हानेर फरार भएका एक अपहरणकारी ६ वर्षपछि पक्राउ परेका छन् ।

झापाको मेचीनगर १२ का ३८ वर्षीय रमेश मेचेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ बर्षपछि काठमाडौंबाट पक्राउ गरेको हो । काठमाडौं नयाँ बसपार्कस्थित एक होटलबाट पक्राउ गरिएका उनलाई झापा पठाइएको सीआईबी प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिएका छन् ।

उनले २०७१ माघ १८ गते विर्तामोड नगरपालिका ६ का सुनिलकुमार अग्रवाललाई अपहरण गरी बन्धक बनाएका थिए । उनी र बजरंग पन्सारीले अपहरण गरी एम्बुलेन्समा लिएर गएका थिए ।
हतियार देखाएर अग्रवाललाई एउटा घरमा बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।

माघ २३ गते अपहरणमुक्त गराउने क्रममा मेचेले प्रहरीलाई नै गोली हानेर भाग्न सफल भएका थिए । उनको गोली प्रहारबाट एक प्रहरी घाइते भएका थिए । उनीविरुद्ध अपहरण तथा ज्यान मुद्दामा जिल्ला अदालत झापाले १७ वर्ष कैद र एक लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७