सांसद प्रभु साहद्वारा दशैं भत्ता फिर्ता


३ कार्तिक २०७७, सोमबार
prabhu sha

काठमाडौं, ३ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले दशैंभत्ता वापतको रकम फिर्ता गरेका छन् ।

122135653 341248757165024 5710558592570741668 n

नेकपा प्रदेश–२ का अध्यक्ष समेत रहेका सांसद साहले सोमबार नगद ६४ हजार ७० रुपैयाँ फिर्ता गरेका हुन् । संघीय संसदका महासचिवलाई पत्र लेख्दै सांसद साहले कोरोना महामारीका कारण मुलुक विषम परिस्थितिमा रहेको यस्तो अवस्थामा भत्ता खानु कुनै पनि हिसाबले उपयुक्त नहुने भन्दै रकम फिर्ता गरेका हुन् ।

जानकारी बिनै खातामा दशैं भत्ता हालिएकाले उनले आफ्नो सचिवालयमार्फत संसद सचिवालयमा नगद रकम फिर्ता गरेका हुन् ।

122174775 2818934185043264 879998119577602673 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७