नेपालमा थप ३७ सय ९० जनामा कोरोना संक्रमण, २३ सय ३५ जना निको

सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुग्यो


३ कार्तिक २०७७, सोमबार
korona

काठमाडौं, ३ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७ सय ९० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ३६ हजार ३६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा थप २३ सय ३५ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म ९४ हजार ५०१ जना निको भएका छन् ।

आजसम्म देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७५७ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७