सञ्जय दत्त क्यान्सरमुक्त, दुई दिनअघि मात्र यसो भनेका थिए


४ कार्तिक २०७७, मंगलवार
Sanjay dutt

नयाँदिल्ली, ४ कार्तिक । बलिउड अभिनेता सञ्जय दत्तलाई क्यान्सर ठीक भइसकेको दाबी गरिएको छ ।

भारतीय पत्रिका दैनिक भास्करले लेखेको खबरअनुसार अभिनेता दत्तका निकट साथी एवं व्यापार विश्लेषक राज बंसले उक्त जानकारी दिएका हुन् । साथै कोकिलाबेन अस्पतालको सूत्रले पनि यसको पुष्टि गरेको दैनिक भास्करले दाबी गरेको छ ।

उसका अनुसार आज बेलुकीसम्म सञ्जय दत्त र उनकी पत्नी मान्यताले यसको आधिकारिक घोषणा गर्ने सम्भावना छ । सोमबार ६१ वर्षीय सञ्जयको पजिट्रन एमिस्सन टोमोग्रफी (पीईटी) रिपोर्ट आएको थियो। जसले उनी क्यान्सरबाट मुक्त भएको देखाएको थियो ।

म क्यान्सरलाई जित्छु : सञ्जय दत्त
दुई दिनअघि सञ्जय दत्तले एक भिडिओ सार्वजनिक गर्दै क्यान्सरलाई जित्ने आत्मविश्वास व्यक्त गरेका थिए । जुन भिडिओ सेलिब्रिटी हेयर स्टाइलिस्ट अलिम हाकिमले आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका थिए ।

जसमा अभिनेता दत्तले आफ्नो कपाल काट्ने अलिमको परिचय गराउँदै र आफ्नो टाउकोको रेखा देखाउँदै भनेका थिए, ‘यदि तपाईं यो देखिरहनु भएको छ भने यो मेरो जिन्दगीका भर्खरका चिह्न हुन्, तर म यसलाई पराजित गर्छु । म क्यान्सरमुक्त हुन्छु ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७