कोरोना परीक्षण र उपचार आफै गर भन्नु संवेदनहिनताको पराकाष्टा : शान्ति समाज


४ कार्तिक २०७७, मंगलवार
korona

काठमाडौं, ४ कार्तिक । कोभिड–१९ सङ्क्रमण नेपालमा भयावह हुँदै गइरहेको स्थितिमा पिसिआर परीक्षण निःशुल्क रुपमा व्यापक विस्तार गर्न मानव अधिकार तथा शान्ति समाजले माग गरेको छ ।

सङ्क्रमणको चाप अनुसार समुचित उपचारको व्यवस्था गर्नुपर्ने र सङ्क्रमण विस्तार हुन नदिन आवश्यक प्रबन्धसहित मापदण्ड अवलम्बन गर्नुपर्नेमा सरकार दिन प्रतिदिन फितलो हुँदै गएको समाजका महासचिव सुशील बस्नेतले आज विज्ञप्तिमार्फत माग गरेका हुन् ।

‘नागरिकको स्वास्थ्य, शिक्षा र जीवनयापनका सवालमा गम्भीर भई आवश्यक प्रबन्धसहितको व्यवस्था गर्न सरकारलाई समाज विशेष आग्रह गर्दछ’, उनले भनेका छन् ।

सङ्क्रमण व्यापक हुँदै गएको र मृत्युदर समेत बढ्दै गएको समयमा उपचारका लागि अत्यावश्यक आइसियु, भेन्टिलेटरसहितका अस्पतालको संख्या वृद्घि गर्नुपर्नेमा बस्नेतले जोड दिएका छन् । महमारीका समयमा सरकार दायित्वबाट पन्छेर नागरिकलाई आफै कोरोना परीक्षण र उपचार गर भन्नु संवेदनहिनताको पराकाष्ट हुने समाजले उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७