विमलेन्द्रलाई गोपालमानको काउन्टर


५ कार्तिक २०७७, बुधबार
0 Shares
gopalman shresth DLGu4yoQA3

काठमाडौं, ५ कार्तिक । फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने गरी तय गरिउको नेपाली काँग्रेसको १४ औं महाधिवेशन अनिश्चित बने पनि नेतृत्वका आकांक्षी भने एकपछि अर्को गर्दै थपिन थालेका छन् ।

मध्य साउनसम्म संस्थापन समूहबाट शेरबहादुर देउवामात्र सभापतिको एकल उम्मेदवार देखिएका थिए । उनी निकट अन्य कुनै नेताले नेतृत्वका लागि दाबी प्रस्तुत गरेका थिएनन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

तर, उपसभापति विमलेन्द्र निधिले साउन २९ गते देउवालाई भेटर १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न मन बनाएको बताएसँगै संस्थापन समूहबाटै अर्का नेता गोपालमान श्रेष्ठले पनि दाबी प्रस्तुत गरेका छन् । निधिलाई उपसभापतिमा मनोनयन गरेपछि देउवासँग असन्तुष्ट देखिएका श्रेष्ठले नेतृत्व छाड्ने भए सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

देउवा र पौडेलपछि पार्टीमा आफू नै वरिष्ट नेता भएको जिकिर गर्दै आएका श्रेष्ठले सभापति देउवालाई जुनसुकै अप्ठेरो समयमा साथ दिएको तर्क गर्दै अब आफूलाई सहयोग गर्नुपर्ने बताएका छन् । कार्यवाहक सभापति, उपसभापतिसहितका जिम्मेवारी सम्हालिसकेका श्रेष्ठले सभापति बन्ने आकांक्षा राख्नुलाई अस्वभाविक मान्न नहुने देउवा निकट एक नेताले बताए । नागरिक दैनिकबाट

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७