व्यावसायी वसन्त चौधरीलाई कोरोना संक्रमण

काठमाडौं, ५ कार्तिक । व्यावसायी वसन्त चौधरीलाई कोरोना संक्रमण भएको छ । उनले आज (बुधबार) सामाजिक सञ्जालमार्फत आफूलाई पोजेटिभ भएको उल्लेख गरेका छन् ।
चौधरीले आफूलाई केही लक्षणहरु देखिएको र आफू चिकित्सकको सल्लाहमा रहेको बताएका छन् ।
घरमा नै आइसोलेसनमा बसेका चौधरीले आफूसँग पाँच दिन देखि सम्पर्कमा रहेकाहरुलाई चिकित्सकको सल्लाह लिन पनि आग्रह गरेका छन् ।