९ वर्षीया बालिकामाथि ४० वर्षका काकाको ५ वर्षसम्म यौन शोषण !


२६ माघ २०७४, शुक्रबार
bal

काठमाण्डौं, २६ माघ : बालबालिका र महिला पछिल्लो समय घरैबाट असुरक्षित बन्दै गएको समाचारहरु बाहिर आइरहेका छन् । यो प्रसङ्ग भने अलि बेग्लै छ । बलिउड अभिनेता शाहरुख खानसँग अभिनय गरेकी अभिनेत्री कृष्णमूर्तिले यौन शोषणका बारेमा निकै कहालीलाग्दो खुलासा गरेकी छन् ।bal

हिन्दी चलचित्र कभी हां कभी न मा शाहरुखसँग सँगै अभिनय गरेकी अभिनेत्री कृष्णमूर्तिले बाल्यकालमा आफ्नी ९ वर्षीया साथीमाथि उनकै ४० वर्षीया काकाले यौन शोषण गरेको खुलासा गरेकी छन् । उनले एक अंग्रेजी सञ्चारमाध्यमलाई दिएको एक अन्तरवार्तामा यो कुराको खुलासा गरेकी हुन् ।

उनले आफ्नी साथीमाथि एक वर्ष नभई पाँच वर्षसम्म पटक– पटक यौन शोषण भएको बताएकी छन् । आफूमाथि भएको घटनाबारे उनले आफ्ना परिवारलाई बताए पनि उनीहरुले उक्त कुरा अस्वीकार गरिदिएका थिए । परिवारले नै यौन शोषण भएको कुरा स्वीकार नगरेपछि उनी पाँच वर्षसम्म यौन शिकार हुने परेको थियो । जस कारण उनी डिप्रेसनमा पनि परेकी थिइन् । स्रोतः एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७