मृत्युपछि कोरोना पुष्टि भएपछि कुशको शव बनाएर दाहसंस्कार


५ कार्तिक २०७७, बुधबार
kush

दमौली, ५ कार्तिक । मृत्युपश्चात् कोरोना सङ्क्रमण पुष्टि भएका व्यास नगरपालिका–३ का ६५ वर्षीय एक व्यक्तिको कुशको शव बनाएर आज परिवारले दाहसंस्कार गरेका छन् ।

गत असोज २८ गते पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएका ती व्यक्तिको कुशको शव बनाएर परिवारले दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरेका हुन् ।

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएकाले परिवारले आठ दिनपछि कुशको शव बनाएर दाहसंस्कार गरेको हो ।

टाउकोको शल्यक्रियाका लागि अस्पताल पुगेका उनको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युपश्चात् पिसीआर परीक्षण गर्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७