‘रअ’ प्रमुख गोयल आजै फर्किने गरी किन आए नेपाल ?


५ कार्तिक २०७७, बुधबार
Samant Goel 1200x560 1

काठमाडौं, ५ कार्तिक । भारतको गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामान्त गोयल काठमाडौं आएका छन् । इण्डियन एयर फोर्सको विमानबाट उनी आज नेपाल आएका हुन् ।

स्रोतका अनुसार उनी आज नै भारत फर्कने छन् । उनी ८ घण्टा नेपालमा रहने जनाइएको छ । भारतीय सेना ध्यक्षको मुकुन्द नरवाणेले पनि कार्तिकमा नेपालको भ्रमण गर्दैछन् ।

विमानस्थलमा उनको टोलीको पासपोर्ट स्क्यान समेत गरिएको थिएन । विमानस्थलमा उनीहरुलाई लिन नेपालस्थित भारतीय दूतावासका अधिकारीहरु पुगेका थिए । रअ प्रमुख भीआईपी कक्षबाट बाहिरिएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेको भ्रमण तय भइसकेका बेला रअ प्रमुख पनि नेपाल आइपुगेका हुन् । सेनाध्यक्षको भ्रमण र दुई देशको सम्बन्ध सुधारमा उनको भ्रमण केन्द्रीत हुने जनाइएको छ ।

भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रलाई संविधान संशोधन गरेर नेपालले आफ्नो नक्सामा समेटेपछि दुई देशको सम्बन्ध चिसिएको छ ।

पछिल्लो समय सम्बन्ध सुधारका प्रयासहरु भइरहेका छन् । रअ र सेनाध्यक्षको भ्रमणले यसलाई थप पुष्टि स्रोतको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७