नेपालमा एकै दिन ५७ सय ४३ जनामा कोरोना संक्रमण, २९ सय ९६ जना निको

सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ जना पुग्यो


५ कार्तिक २०७७, बुधबार
korona

काठमाडौं, ५ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ९९६ कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ९९ हजार ६०५ जना निको भएका छन् । आज देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७९१ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७