काठमाडौं उपत्यकामा २४ घण्टामै थपिए तीन हजार १०७ कोरोना संक्रमित


५ कार्तिक २०७७, बुधबार

काठमाडौं, ५ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप तीन हजार १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ३९१ , ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जनालाई कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ५ हजार ७४३ जना कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका तीन हजार १०७ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ९९६ कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ९९ हजार ६०५ जना निको भएका छन् । आज देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७९१ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७