२०७७ कार्तिक ६ गते बिहीबारको तपाईको राशिफल


६ कार्तिक २०७७, बिहीबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाइने छ । व्यापारमा सफलता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । चुनौतीको सामना गर्नुपर्ला । बढी मेहनत गरे बढी फाइदा लिन सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दैनिक कार्यमा प्रगती हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला, साहित्य तथा संगीतमा रुची बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । स्वादिष्ट भोजन पाइने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । कुटुम्बको सहयोग मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
विशिष्ट व्यक्तिको सहयोग पाइने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनसीपको कार्यमा सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वियोग र छटपटी बढ्नाले मन कमजोर रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्ने छ । मंगल कार्यको योग छ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । नयाँ कर्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । वैदेशिक क्षेत्रमा सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आर्थिक कारोवारमा बिवाद आउने छ । चोटपटकको भय छ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला । पारिवारीक झै–झमेला आउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७