कोरोनाका कारण प्रहरी हवल्दारको मृत्यु


६ कार्तिक २०७७, बिहीबार
Nepal police

चितवन, ६ कार्तिक । कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् । उनको चितवन मेडिकल कलेजमा आज दिउँसो ४ः३० बजे मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा.दयाराम लम्सालकाअनुसार क्यान्सरका बिरामी उनलाई ज्वरो, खोकीका कारण असोज २१ गते अस्पतालमा भर्ना गरिएको थियो ।

असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । क्यान्सर रोगका कारण काम गर्न नसक्ने भएपछि उनको घरमानै बसेर उपचार गराईरहेको अवस्थामा आज कोरोना सङ्क्रमणका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७