आईपीएल : बेङ्गलोरको सातौं जित निकाल्दै दोस्रो स्थानमा उक्लियो, कोलकत्ता ८ विकेटले पराजित


६ कार्तिक २०७७, बिहीबार
ipl2020 10 22 06 29 17

काठमाडौं, ६ कार्तिक । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले सातौं जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ ।

यूएईको शेख जायद क्रिकेट मैदानमा राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बेङ्ग्लोरले सातौं जित निकालेको हो । कोलकत्ताले दिएको ८५ रनको लक्ष्य बेङ्ग्लोरले १३ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो ।

बेङ्ग्लोरको जितमा देवदूत पड्डीकलले २५ रन जोड्दा आरोन फिन्चले १६ रन बनाए । यस्तै गुर्किरात सिंह २१ रनमा अविजित रहँदा कप्तान विराट कोहली १८ रनमा अविजित रहे । कोलकत्ताका लक्की फर्गुसनले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर ८४ रन बनाएको थियो ।

कोलकत्ताका लागि कप्तान इयान मोर्गनले सर्वाधिक ३० रन बनाए । लक्की फर्गुसनले अविजित १९ रन जोड्दा कुलदिप यादवले १२ रन बनाए । त्यस्तै टम बानटनले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बेङ्ग्लोरका मोहमद सिराजले ८ रन खर्चिएर ३ विकेट लिए । यस्तै युजभेन्द्र चाहलले २ तथा नाभदिप शैनी र वासिङ्गटन सुन्दरले १–१ विकेट लिए ।

बेङ्ग्लोरको १० खेलमा ७ जितसहित १४ अंक छ । कोलकत्ताले १० खेलमा १० अंक जोडेको छ । कोलकत्ता लिगको चौंथो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७