तीन युवती चढेको स्कुटर दुर्घटना, एकको मृत्यु, दुई घाइते


६ कार्तिक २०७७, बिहीबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

विराटनगर, ६ कार्तिक । मोरङको बेलबारी नगरपालिका–४ स्थित भित्री सडक खण्डमा तीन युवती चढेको स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बुधबार राति ११ः४५ बजेतिर भएको दुर्घटनामा परेर दुई युवती घाइते भएका छन् । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ३२ प ५६३७ नम्बरको स्कुटर आफै अनियन्त्रित बनि दुर्घटनामा पर्दा चालक बेलबारी–४ की १९ वर्षीया समीक्षा राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहीबार बिहान १ बजेतिर ज्यान गएको हो ।

दुर्घटनामा स्कुटरको पछाडि बसेका १८ वर्षीया अनुपमा राई र १६ वर्षीया सुमित्रा राई घाइते भएका छन् । अनुपमाको विराटनगरको नोबेल शिक्षण अस्पताल र सुमित्राको सुकुना सामुदायिक अवस्था विराटचोकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७