सरकार छोड्ने बेला कांग्रेसले यस्तो गर्‍यो निर्णय


२६ माघ २०७४, शुक्रबार
nepali congress ccm
g]sf s]Gb|Lo ;ldltsf] a}7s g]kfnL sfFu|];sf] s]Gb|Lo sfo{ ;ldltsf] a}7s dªunaf/ kf6L{ sfo{no ;fg]kf nlntk’/df a:b} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाण्डौं, २६ माघ : सरकार छोड्ने तयारीमा रहेको नेपाली कांग्रेसको शुक्रबार पार्टी संगठन र विद्यामान राजनीतिक अवस्थाका बारेमा छलफल गर्न केन्द्रीय समितिको वैठक बसेको छ ।

nepali congress ccm
g]sf s]Gb|Lo ;ldltsf] a}7s
g]kfnL sfFu|];sf] s]Gb|Lo sfo{ ;ldltsf] a}7s dªunaf/ kf6L{ sfo{no ;fg]kf nlntk’/df a:b} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

नेपाली कांग्रेसले ‘प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलको विधान, २०७४’ पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले प्रदेशसभा कांग्रेस संसदीय दलको विधान संशोधनसहित पारित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

नेपालको संविधानअनुसार मुलुकमा पहिलो पटक प्रदेशसभाको निर्वाचन भएपछि प्रदेशमा संसदीय दल कार्यसमिति गठन गर्न उक्त विधान आवश्यक भएकाले तत्काल पारित गर्नुपरेको पार्टी कार्यालयले जनाएको छ । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा पार्टीका शीर्ष नेतासहित केन्द्रीय सदस्य उपस्थित रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७