कोरोनाबाट भरतपुरमा ३३ बर्षकी आठ महिने गर्भवतीको मृत्यु


६ कार्तिक २०७७, बिहीबार
bharatpur 2

चितवन, ६ कार्तिक । कोरोना भाइरस संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा आठ महिनाको गर्भ रहेकी ३३ वर्षीया महिलाको आज (बिहीबार) विहानै ज्यान गएको छ ।

तनहुँको शुक्लगण्डकी नगरपालिका स्थायी ठेगाना भई हेटौंडा–५ बस्दै आएकी ती महिला असोज ३० गते भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेले जानकारी दिएका छन् ।

खोकी र श्वासप्रश्वासको समस्यासहित अस्पताल आएकी उनमा त्यसै दिन संक्रमण पुष्टि भएको थियो । ती महिला आठ महिना (३७ साता) की गर्भवती रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्य स्थिति जटिल हुँदै गएपछि उनलाई बुधबार भेन्टिलेटरमा राखिएको थियो । बिहीबार बिहान सवा ६ बजे महिलाको निधन भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७