भारतीय गुप्तचर प्रमुख गोयलले प्रधानमन्त्रीलाई भेटेको पुष्टि


६ कार्तिक २०७७, बिहीबार
pM KP SHARMA Oli

काठमाडौं, ६ कार्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको नेपाल आगमनले राजनीतिक तरङ्ग पैदा गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भएको पुष्टि भएको छ ।

अचानक आएर काठमाडौंमा २१ घण्टा बिताएर दिल्ली फर्किएका गोयलले किन र को–कोसँग भेट गरे भन्ने चर्चा र बहस चलिरहेका बेला प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार बक्तव्य नै जारी गरेर रअ प्रमुखसँग प्रधानमन्त्रीको भेट भएको स्वीकार गरेका हुन् । ‘उहाँ (रअ प्रमुख) भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनु भएको थियो’ थापाको बक्तव्यमा भनिएको छ ।

Samant Goel 1200x560 1

भेटका क्रममा गोलयले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको प्रेस सल्लाहकार थापाले बताएका छन् ।

ra

रअका प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोली बुधबार कूटनीतिक उडानबाट नेपाल आएका थिए । उनले नेताहरुलाई भेटेको चर्चा चलेपछि पूर्व प्रधानमन्त्रीद्धय एवं नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो रअ प्रमुख गोयलसँग भेट नभएको प्रष्ट पारिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७