नेपाल टेलिकमलाई थप ५ मेगाहर्ज फ्रिक्वेन्सी, दुई वर्षभित्र हरेक कुनामा फोरजी पुग्ने


६ कार्तिक २०७७, बिहीबार
nepal telicom

काठमाडौं, ६ कार्तिक । नेपाल टेलिकमले दुई वर्षभित्र मुलुकका हरेक क्षेत्रमा फोरजी सेवा पुर्‍याउनुपर्ने शर्तसहित थप फ्रिक्वेन्सी प्राप्त गरेको छ।

टेलिकमको आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले १८०० ब्यान्डमा थप ५ मेगाहर्ज फ्रिक्वेन्सी प्राप्त गरेको हो। यो थपिएसँगै टेलिकमको गुणस्तरमा सुधार हुने आशा गरिएको छ।

‘५ मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको भनेर प्राधिकरणबाट पत्र प्राप्त भएको छ’, नेपाल टेलकमका प्रवक्ता राजेश जोशीले भने, ‘नेपाल टेलिकमको अनुरोधमा नै प्राधिकरणले उपलब्ध गराएको हो।

अहिले नेपाल टेलिकमले १८०० ब्यान्डमा १० मेगाहर्ज फ्रिक्वेन्सीमा फोरजी सञ्चालन गरिरहेको छ। यसमा फ्रिक्वेन्सी थपिएपछि फोरजी विस्तारमा सहज हुने उनले बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७